आईतवार, आश्विन ११,२०८३ 06:41:46
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 06:41:46
Bizshala
Global IME Bank Limited

यस्तो अचम्मको ठाउँ, जहाँ आफ्नो पार्टनरलाई आइ लभ यू भनेको २१ करोड रुपैयाँ तिर्नुपर्छ !

Bizshala
यस्तो अचम्मको ठाउँ, जहाँ आफ्नो पार्टनरलाई आइ लभ यू भनेको २१ करोड रुपैयाँ तिर्नुपर्छ !
New Office

काठमाण्डौ । भनिन्छ सच्चा मायाको अगाडि पैसाको कुनै मूल्य हुँदैन । तर कतिपय मानिस आफ्नो साथीलाई इम्प्रेस गर्न अलग–अलग तरिकाबाट लाखौं रुपैयाँ खर्च गरिरहेका हुन्छन् । डेटिङमा गएर आफ्नो पार्टनरलाई ’आइ लभ यू’ भन्ने क्रममा समेत मानिस केही फरक गर्न चाहन्छ । तर आज हामी तपाईंलाई यस्तो ठाउँको बिषयमा बताउन गइरहेका छौ, जहाँ आइ लभ यू भन्नका लागि केही लाख होइन, पूरा २१ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । तपाईंलाई आश्चर्य लागिरहेको होला, यो ठाउँमा यस्तो खास के चाहि चिज छ भनेर, आउनुहोस् जानौं यो अचम्मको ठाउँको विशेषता बारे ।  

एकपटकको डेटिङको मूल्य २१ करोड रुपैयाँ !

फोब्र्स पत्रिकाका अनुसार सिंगापुरमा अवस्थित ‘सी ला वी’ नामको रेष्टुरेन्ट विश्वभरका डेटिङ रेष्टुरेन्टमध्ये सबैभन्दा महंगो हो । यहाँ आफ्नो पार्टनरलाई डेटिङमा ल्याउनका लागि २० लाख अमेरिकी डलर अर्थात करिब २१ करोड रुपैयाँ आवश्यक पर्छ । तपाईं आफ्नो पार्टनरको साथमा २१ करोड रुपैयाँले यहाँ आरामसँग ८ घण्टा रहन सक्नुहुन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो रेष्टुरेन्टलाई सिंगापुरको सी ला वी तथा वल्र्ड अफ डायमण्ड ग्रुप(सीओडी)ले संयुक्त रुपमा बनाएका हुन् । विगत १५ वर्षदेखि यो रेष्टुरेन्टले विश्वभरिका प्रेमिल जोडीहरुलाई सेवा दिंदै आएको छ । यहाँ आएर कयौं जोडीहरुले आ–आफ्नो शैलीमा आफ्नो पार्टनरलाई आइ लभ यू भनेका छन् र करोडौं उडाएका छन् । यो रेष्टुरेन्टमा यस्ता केही विशेष विशेषता छन्, जसले तपाईंको प्रपोज डेलाई निकै विशेष बनाइदिन्छ । यहाँको माहौल निकै रोमान्टिक बनाइएको हुन्छ, ताकि तपाईं हरेक पललाई हृदयदेखि नै अनुभूत गर्न सक्नुहोस् ।  

आकाशको उचाईमा छ यो रेष्टुरेन्ट

सिंगापुरको यो रेष्टुरेन्टको खास विशेषता नै यो रहेको स्थान हो । यो रेष्टुरेन्ट जमीनबाट १ सय ५० फूटको उचाईमा बनाइएको छ । यहाँ बसेपछि तपाईलाई लाग्नेछ कि तपाई आकाशमा बसिरहनुभएको छ । यो रेष्टुरेन्टमा बस्दा तपाईको वरिपरि आकाश बाहेक केही पनि देखिन्न । अलग–अलग क्यूबिलमाथि मुटु आकारको छतले यो ठाउँको सुन्दरता अझ बढाइदिएको छ । 

भिन्न तरिकाले प्रपोज गर्नुपर्ने

यो ठाउँ जति महंगो छ, सो अनुसार आफ्नो पार्टनरलाई प्रोपोज गर्ने शैली पनि फरक छ । यहाँ तपाई आफ्नो पार्टनरलाई बिल्कुल अलग ढंगले प्रपोज गर्न सक्नुहून्छ । यसका लागि तपाईंलाई एउटा प्लेटमा विशेष तरिकाले सजिएको आइसक्रिम उपलब्ध गराइन्छ । आइसक्रिम खानका लागि तपाईलाई सुनको चम्चा दिइन्छ । विशेष कुरा यो हुन्छ कि यो प्लेटमा आइसक्रिमको साथमा तपाईंलाई आफ्नो पार्टनरलाई लगाइदिन हिराको एक औंठी समेत उपलब्ध गराइन्छ । आइसक्रिम खाइसकेपछि तपाईं आफ्नो पार्टनरलाई आफ्नो मनभित्रको कुरा भन्न सक्नुहुन्छ वा प्रपोज गर्न सक्नुहुन्छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.