काठमाण्डो । सिटिजन्स इन्टरनेशनल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले असोज महिनाका लागि भने व्यक्तिगत निक्षेपतर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।
कात्तिक महिनाका लागि बैंकले ३ महिनादेखि ६ महिना मुनिका लागि ४.६० प्रतिशत,६ महिनादेखि १२ महिना मुनिका लागि ४.८५ प्रतिशत र १२ महिनाभन्दा माथिको अवधिका लागि ५.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै संस्थागततर्फ ६ महिनादेखि १२ महिना मुनिका लागि ३ प्रतिशत,१२ महिनादेखि २४ महिना मुनिका लागि ४ प्रतिशत र २४ महिनाभन्दा माथिको अवधिका लागि ४.५० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                