बुधबार, असार १८,२०८२ 09:49:26
  • बुधबार, असार १८,२०८२ 09:49:26
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३.८ अर्ब नाफा, वृद्धिदर र ईपीएसका आधारमा कुन अब्बल ?

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३.८ अर्ब नाफा, वृद्धिदर र ईपीएसका आधारमा कुन अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । देशमा सञ्चालनमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुल चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म ३ अर्ब ८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.५२ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने जीवन बीमा कम्पनीहरुले २ अर्ब ५५ करोड रुपैयाँ बढी खुद नाफा कमाएका थिए ।  

नाफा आर्जनको मामिलामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२.९० प्रतिशतले धेरै हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै धेरै नाफा आर्जनको सूचीमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहेको छ । कम्पनीले यो अवधिसम्म ३४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

सूचीको तेस्रो स्थानमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

वृद्धिदरमा कुन कम्पनी अघि ?

खुद नाफा वृद्धिदरमा भने सानिमा लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अघि देखिएको छ । कम्पनीले गत आव दोस्रो त्रेमासको तुलनामा ९६.४८ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले यो अवधिसम्म २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ११ करोड १८ लाख रुपैयाँमा सीमित थियो ।  

यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ११ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ९६.१४ प्रतिशतले धेरै हो ।  

६२.९३ प्रतिशत वृद्धिदरका साथ सूर्यज्योति लाइफ ेतेस्रो स्थनमा रहन सफल भएको छ । कम्पनी २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  

समीक्षा अवधिसम्म दुई कम्पनीको खुद नाफा वृद्धिदर भने घटेको छ । हिमालयन लाइफ र सन नेपाल लाइफको मुनाफा क्रमशः८.२४ र ७.२२ प्रतिशतले घटेको छ ।  

ईपीएसको आधारमा कुन कम्पनी अघि ?

समीक्षा अवधिसम्म १४ वटा बीमा कम्पनीहरुमध्ये सन लाइफको ईपीएस सबैभन्दा धेरै देखिएको छ । कम्पनीको ईपीएस २०.५२ रुपैयाँ कायम भएको छ ।  

ईपीएस धेरै हुने दोस्रो कम्पनीको रुपमा आइएमई लाइफ रहेको छ । यो कम्पनीको ईपीएस ११.७४ रुपैयाँ कायम भएको छ ।  

यसैगरी रिलायबल नेपाल लाइफ ११.५५ रुपैयाँ ईपीएसका साथ तेस्रो स्थानमा रहेको छ । 

  
Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.