Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

Hyundai Nepal
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ
Nabil Bank Limited

काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरले २० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासन प्रयोजनाका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्त सम्झौतामा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका तर्फबाट अध्यक्ष सतिश न्यौपाने र नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले  सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

Shivam Cement
Sagarmatha Cement

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाइड्रोपावर प्रोजेक्टमा ११ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भइसकेको छ । आयोजनाको कूल लागत २ अर्ब २० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण १ अर्ब ३५ करोड नेपाल एसबीआई बैंकको एकल लगानीबाट सम्पन्न हुने कम्पनीले जनाएको छ ।  

कम्पनीमा अपि पावर कम्पनीको बहुमत सेयर लगानी रहेको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.