बुधबार, असार ३१,२०८३ 12:22:09
Bizshala
  • बुधबार, असार ३१,२०८३ 12:22:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पर्यटन क्षेत्रमा बहारसँगै हाइगर बसको लोकप्रियता बढ्दो, दर्जन व्यवसायीलाई एकसाथ हाइगर बस हस्तान्तरण

Laxmi Sunrise Bank Limited
पर्यटन क्षेत्रमा बहारसँगै हाइगर बसको लोकप्रियता बढ्दो, दर्जन व्यवसायीलाई एकसाथ हाइगर बस हस्तान्तरण

काठमाण्डौ । नेपालमा हाइगर बसको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । पर्यटक आगमनमा आएको बहारसँगै सुविधासम्पन्न सवारीसाधनको खोजीमा रहेका पर्यटन व्यवसायीले माग गरेपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएका छन् ।

नेपालमा आर्क्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आएको छ । आर्क्स ग्रुपले हालै राजधानीमा आयोजित विशेष समारोहमा पर्यटन व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेको छ ।

काठमाण्डौस्थित चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सलर सिए यू र आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले विभिन्न ट्राभल व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेका हुन् ।

New Office
CG Motors
Garima Development Bank

नेपालमा उपलब्ध रहेका हाइगर बस हाल ३५ सिट क्षमताका छन् भने व्यवसायीको मागअनुसार ठूला बस पनि उपलब्ध गराउन लागिएको आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले सन् २०१३ मा नेपाली बजारमा हाइगर बस भित्रिएसँगै पर्यटन क्षेत्रमा सुविधासम्पन्न बस उपलब्ध गराउने प्रतिस्पर्धा चलेको र त्यसमा हाइगर नै व्यवसायीको पहिलो रोजाईमा पर्न सफल भएको बताए ।

हाइगर बस संसारका २ सयभन्दा बढी देशहरुमा निर्यात हुँदै आएको छ । नेपालमा पनि हालसम्म एक सयभन्दा बढी बसहरुको बिक्री भइसकेको छ । बसमा इञ्जिन पछाडि रहेका कारण पर्याप्त लगेज स्पेश रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी आयात गरिएका हाइगर बसले यस क्षेत्रको प्रवर्द्धनका निमित्त प्रभावकारी भूमिका खेल्ने र आरामदायी यात्राका कारण पर्यटकले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक पर्ने आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ बताउँछन् ।

हाइगर बसनेपालको भौगोलिक अवस्था र बाटोको अवस्थाअनुरूप रहेका हुँदा नेपाली बजारमा थप लोकप्रिय हुने उनको भनाइ छ । उनका अनुसार बसमा पूर्ण एअर कन्डिसन र लक्जरियस सिटहरूका अतिरित्त बे्रक लगाउँदा आवाज नआउने लगायतका सुविधा रहेका छन् ।

हाइगरका बसमा १८ महिना अथवा १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तै, बिक्रीपछिको सेवालाई ध्यानमा राखेर कम्पनीले वर्कशप तथा स्पेयर्स पार्ट्सको पर्याप्त व्यवस्था गरेको छ ।

हाइगर बस हस्तान्तरण समारोहमा चिनियाँ दूतावासका अधिकारीहरु तथा विभिन्न व्यापारिक क्षेत्र र बैंकिङ क्षेत्रका अतिथिहरु सहभागी थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.