Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

घोराही सिमेन्ट ४१.८४ करोड घाटामा,सेयर प्रिमियम रिजर्भ २.६५ अर्ब

Global IME Bank Limited
घोराही सिमेन्ट ४१.८४ करोड घाटामा,सेयर प्रिमियम रिजर्भ २.६५ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले यो अवधिसम्म ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको थियो ।  

कम्पनीको खुद आम्दानी ४६.७७ प्रतिशतले घटेको छ । कम्पनीले यो अवधिसम्म १९ करोड ४७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीके खुद आम्दानी ३६ करोड ५८ लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ११ लाख ७६ हजार रुपैयाँ रहेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीले प्रशासनिक,बिक्री तथा वितरणमा  १५ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको वित्त खर्च २६ करोड ५६ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ २४.१५ प्रतिशतले घटेर २ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ । अन्य रिजर्भ ७ करोड ९० लाख रहेको कम्पनीको सेयर प्रिमियम रिजर्भ २ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.१६ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ २२५.४५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३१.३५ रुपैयाँ र तरलता अनुपात ०.८६३ गुणा कायम भएके छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.