मंगलवार, असार ३,२०८२ 08:28:29
  • मंगलवार, असार ३,२०८२ 08:28:29
Global IME Bank Limited

विद्युत बिक्री आम्दानी ठप्प हुँदा अरुण काबेली पावर ३१.०५ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था

Hyundai Nepal
विद्युत बिक्री आम्दानी ठप्प हुँदा अरुण काबेली पावर ३१.०५ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था
Nabil Bank Limited

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले ३१ करोड ५ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

गत असार ३ गते पूर्वी नेपालमा आएको बाढीका कारण कम्पनीको काबेली बी–१ जलविद्युत परियोजना बन्द भएका कारण कम्पनीले यो त्रैमासिकमा विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । यहि कारण कम्पनी घाटामा गएको हो । कम्पनीको उक्त परियोजना गत माघ १० गतेदेखि पुनःसञ्चालनमा आईसकेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले समीक्षा अवधिसम्म कुल २८ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको रिजर्भ कोषको आकार २८ करोड ४३ लाख रुपैयाँले ऋणात्मक र सेयर प्रिमियम फण्ड १० करोड २८ लाख रुपैयाँ छ । कम्पनीको अल्पकालिन कर्जा ३ करोड ५० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वर्षिक)१५.९४ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९५.३४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५९.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.३६ गुणा ऋणात्मक रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.