बुधबार, मंसिर २६,२०८१ 03:28:59
IME remit
  • बुधबार, मंसिर २६,२०८१ 03:28:59
IME remit
Global IME Bank Limited

एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमिलोक महोत्सव सम्पन्न

Hyundai Nepal
एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमिलोक महोत्सव सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहितआयोजना गरेको भूमिलोक उत्सव सफलतापूर्वक सम्पन्न भएको छ ।  

शनिवार सम्पन्न यस महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय मान्यगण, देशी, विदेशी अतिथिहरू एवं हजारौं जनकपुरबासीहरूको सहभागिता रहेको थियो ।

मधेश प्रदेशबाट झण्डै लोप हुन लागेका लोक संगीत तथा बाजाहरुको प्रस्तुतिदेखि भारतका विख्यात गायिका डा. रञ्जना झाको समूहको शास्त्रीय मैथिली लोक संगीत समेत समेटिएको थियो । यस विविधताले भरिपूर्ण कार्यक्रमले सबै खाले दर्शकहरुको मन जित्न सफल भएको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

भूमि महोत्सवको यस वर्षको संस्करणको मुख्य प्रायोजक एनसेल फाउन्डेसन रहेको थियो । व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत नेपाली कला र सांस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धन गर्न एनसेलले यो हातेमालो गरेको थियो । यस कार्यक्रममा मिथिला संस्कृतिका धरोहरका रूपमा रहेका तर हाललोप हुने जोखिममा रहेका पमरिया, र सनचौकी र झरी–झरी नाचलगायतका प्रस्तुतिहरु समेटिएको थियो ।  

राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरू सुशान्त घिमिरे र राग, झुमा लिम्बु, फ्याट काउली, आशिष एण्ड अभिषेक, रूपेश झा आदिले सांगीतिक प्रस्तुति गरेको यस कार्यक्रममा काठमाण्डौका नृत्य परम्पराको झल्कोसहित सुदन मुनिकारले भैरव काली नाच तथा सुबिमा श्रेष्ठको समूहले कत्थक नाच पनि प्रस्तुत गरेका थिए ।  

दशैंका बेला मिथिला–मधेश क्षेत्रमा गाइने झिझिया नृत्यमा स्थानीय हिमाली स्कुलका विद्यार्थीहरूले निकै नै मनमोहक प्रस्तुति गरेका थिए । हालै राष्ट्रिय टेलिभिजनको एउटा प्रतिष्ठित कार्यक्रममा आफ्नो विशेष प्रयोगात्मक प्रस्तुतिले ख्याती कमाएका स्थानीय युवा –र्यापर सन्तोष झाका मैथिली –यापले युवा पुस्तामाझ थप उर्जा तथा उत्साह बढाएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

‘सम्पूर्ण प्रायोजक तथा सहयोगी संघसंस्था एवं स्वयंसेवक साथीहरूको अमूल्य सहयोग बिना भूमि महोत्सव सम्भव हुने थिएन । त्यसका लागि म सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । स्थानीयकला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि मुख्य प्रायोजकको रूपमा हामीसँग सहकार्य गरेकोमा एनसेल फाउन्डेसनलाई विशेष धन्यवाद।’भूमिलोक महोत्सवकी कार्यकारी निर्देशक चन्द्रेशा पाण्डेले भनिन् ।  

भूमि फाउण्डेशनका अध्यक्ष रश्मि रञ्जन झाले जनकपुर सहरले यस कार्यक्रमप्रति देखाएको आत्मियता, स्वामित्वभाव र सहयोगले आउँदावर्षहरुमा अझै धेरै उत्साहका साथ यस्ता कार्यक्रम आयोजना गर्ने हौसला बढाएको बताए ।  

भूमिमहोत्सवलाई एनसेल फाउन्डेसनका साथै, मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, बीपी कोईरालाभारत–नेपाल फाउण्डेशन भारतीय दूतावास, स्विस विकास तथा सहयोग संस्था, स्विस दूतावास, माया आर्ट फाउण्डेशन, जनकपुर नगरपालिका, युनेस्को काठमाण्डौ, सामाजिक फिड, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक,सांग्रिला प्रकाशन तथा जावलाखेल ग्रुपअफ इन्डस्ट्रिजले पनि भूमि फाउण्डेशनमार्फत यस वर्षको भूमिलोक महोत्सवलाई सहयोग तथा सहायता उपलब्ध गराएका थिए ।  

त्यस्तै फोटो.सर्कल, सूर्य नेपाल, मिथिला कल्चरल भिलेज, शेफ सन्तोष शाहको मिथिला थाली, रेडमड कफी जनकपुर, जनकपुर कम्युनिटी कलेज, मसला कटेज रेस्टुरेन्ट एन्ड लाउन्ज, मिथिला सिरीज, डिजाइन हाउस अल मिडिया सोलुसन, अप्पन टेलिभिजन, कलर्स एफएम जनकपुर, जनक नन्दनी एफएम ९५.५, मिथिलाञ्चल एफएम, एरे इन्टरनेशनल स्कूल, माला कलर प्रिन्टिङ प्रेस, तथा भरत ग्राफिक डिजाईनले पनि सहयोग तथा सहायता उपलब्ध गराएका थिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.