बुधबार, कार्तिक ७,२०८१ 08:01:00
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:00
IME remit
Global IME Bank Limited

यो सूत्र अपनाएर लिनुहोस् कर्जा, बोझ बन्ने छैन ईएमआई, हरेक महिना हुनेछ राम्रो बचत

Hyundai Nepal
यो सूत्र अपनाएर लिनुहोस् कर्जा, बोझ बन्ने छैन ईएमआई, हरेक महिना हुनेछ राम्रो बचत
Nabil Bank Limited

काठमाण्डौ । गाडी, व्यवसाय वा घर–जग्गा सबैका लागि बैंकहरुले ऋण उपलब्ध गराउँछन्। ऋणका लागि क्रेडिट स्कोर धेरै महत्वपूर्ण मानिन्छ। यदि तपाइँको क्रेडिट स्कोर उत्कृष्ट छ भने बैंकहरु तपाइँलाई तुरुन्तै ऋण दिन तयार हुन्छन्। 

ऋण लिएपछि तिर्नुपर्छ । तपाइँले हरेक महिना ईएमईका रुपमा ऋण तिर्न सक्नुहुन्छ। ईएमई तपाइँको ऋण रकममा निर्भर हुनेछ। जति लामो समयसम्म ऋण लिनुहुन्छ, त्यति नै बढी ब्याज तिर्नुपर्छ। प्रायः ठूलो ऋणको ईएमआई लामो अवधिमा तिर्नुपर्ने हुन्छ। त्यसैले ऋण सधैँ आफ्नो कमाइका आधारमा लिनुपर्छ। 

आफ्नो खर्चको हिसाब–किताब राखौँ

तपाइँले प्रत्येक महिना ईएमईका रुपमा कति रकम तिर्न सक्नुहुन्छ ? यो अनुमान गर्न पहिले आफ्नो खर्च गणना गर्नुहोस्। यदि तपाइँ भाडाको घरमा बस्नुहुन्छ भने भाडा, राशन, बालबालिकाको विद्यालयको शुल्क र केही आपतकालीनका लागि अतिरिक्त पैसा समावेश गरेर आफ्नो बजेट तयार गर्नुहोस्। यसपछि तपाइँसँग बचत भएको पैसाबाट तपाइँ कति ईएमआई तिर्न सक्षम हुनुहुनेछ भनेर अनुमान गर्न सजिलो हुनेछ। ध्यान राख्नुहोस् कि त्यतिमात्र ऋण लिनुहोस् जसको ईएमआई सजिलै तिर्न सक्नुहुन्छ।

आम्दानीको तुलनामा कति हुनुपर्छ ईएमआई ? 

तपाइँले डेट टु इनकम (डीटीआई) अनुपात गणना गरेर ईएमईतर्फ जाने व्यक्तिको आयको अंश पनि अनुमान गर्न सक्नुहुन्छ। आम्दानीको कति प्रतिशत ऋण तिर्न खर्च भयो भन्ने थाहा हुनेछ । आम्दानी र ऋणको अनुपात ३५ देखि ४० प्रतिशतमात्र हुनुपर्ने मान्यता छ । मानौँ यदि तपाइँको मासिक आम्दानी ४९ हजार रुपैयाँ छ भने ईएमई १४ हजार रुपैयाँदेखि १६ हजार रुपैयाँको बीचमा हुनुपर्छ। यद्यपि यो अनुपातलाई तपाईं आफूअनुकूल परिवर्तन गर्न सक्नुहुन्छ।

बचतमा गर्ने बानी बसालौँ

ईएमई रकम घटाउनका लागि ऋण चुक्ता गर्ने अवधि बढाउने योजनाबाट बच्नुहोस्। यसले ऋणको लागत बढ्छ र तपाइँले बढी ब्याज तिर्नुपर्छ। ऋणको ईएमई निर्णय गर्दा तपाइँले आफ्नो बचतलाई पनि ध्यानमा राख्नुपर्छ। यदि तपाइँ पहिले नै एसआईपी (म्युचुअल फन्ड)मा लगानी गर्दै आउनु भएको छ भने त्यसलाई नरोक्नुहोस्। किनभने यो बचतको महत्वपूर्ण माध्यम हो। यी सबै कुरालाई ध्यानमा राखेर यदि तपाइँ ऋण लिनुहुन्छ भने सजिलै हरेक महिना ईएमआई तिर्न सक्षम हुनुहुनेछ।

ऋण लिँदा बचतमा कुनै पनि हिसाबले सम्झौता नगर्नुहोस्। विशेषगरी यदि तपाइँ आफ्नो बच्चाहरुको शिक्षाका लागि बचतमा केही पैसा राख्दै हुनुहुन्छ भने त्यसलाई कुनै पनि परिस्थितिमा नरोक्नुहोस्। यदि तपाइँले सबै खर्च गणना गरेपछि बचत गरिएको रकमअनुसार ऋण लिनुभयो भने तपाइँ सजिलैसँग यसको ईएमई तिर्न र ऋण तिर्न सक्षम हुनुहुनेछ। ऋण लिनुअघि बैंकहरुको ब्याजदर तुलना पनि गर्नुपर्छ। –एजेन्सीको सहयोगमा

Bizshala
Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.