बिहीबार, असार ११,२०८३ 08:44:44
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:44:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विगत एक वर्षदेखि बजार अपट्रेण्डमै, कहिलेदेखि सकिनसक्छ बुल ?(साप्ताहिक विश्लेषणसहित)

Laxmi Sunrise Bank Limited
विगत एक वर्षदेखि बजार अपट्रेण्डमै, कहिलेदेखि सकिनसक्छ बुल ?(साप्ताहिक विश्लेषणसहित)

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन बढ्यो भने २ दिन नै घट्यो । अघिल्लो साता २६२७.१४ को बिन्दुमा बन्द भएको बजार यो साता २६७७.६२ मा बन्द भयो । यस हिसाबले यो साता ५०.४८ अंकले बजार बढ्यो । अघिल्लो साता ११८.२२ अंकले बजार घटेको थियो ।

यो साता ४ दिन कारोबारमा २२.१६ अर्बको सेयर कारोबार भयो । अघिल्लो साता ५ दिन कारोबारमा २९.९५ अर्बले सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता दैनिक औसत कारोबार ५ अर्ब ५४ करोड सेयर कारोबार भयो । अघिल्लो साता भने करिब ६ अर्ब दैनिक औसत कारोबार भएको थियो । यस हिसाबले यो साता बजार बढेता पनि सेयर कारोबार भने घटेको छ । यो साता नेप्सेमा बजार पूँजीकरण ४२.६० खर्ब रह्यो । अघिल्लो साता यस्तो बजार पूँजीकरण ४१.७७ खर्ब रहेको थियो । यस हिसाबले यो साता बजार बढ्दा  ८३ अर्बले बजार पूँजीकरण बढ्यो । 

New Office
CG Motors
Garima Development Bank

प्राविधिक पक्ष:

मन्थ्ली बेसमा बजारको अवस्था कस्तो ?

यो साता अक्टोबर महिना सकिएको कारण हामीले बजारलाई  साप्ताहिकसँगै मन्थ्ली बेसमा पनि अवस्था नियालेका छौं ।  

मन्थ्ली बेसमा बोलिङ्गर ब्याण्डमा बजार बिगत १  बर्षदेखि मध्यब्याण्ड भन्दा माथि चलेको छ । जसमा बजार ७ महिना मध्यब्याण्डमा चलेको छ भने ४ महिना अपर ब्याण्डमा चलेको छ ।  

पछिल्लो चार महिनामा बजार २ महिना बढेको छ भने २ महिना घटेको छ । जसमा बजार जुलाईमा बजार झण्डै एकहजार अंकले बढेको छ । अगष्ट र सेप्टेम्बरमा बजारमा करेक्सन आएको छ भने अक्टोबरमा १७७ अंकले बजार बढेको छ ।  

मन्थ्ली बेसमा हेर्दा बजारले २५ सयमाथि नै घट्दा पनि सपोर्ट लिएको छ । यस हिसाबले बिगतका ४ वटा बुल र ४ वटा बियरिस बजारलाई पनि आधार मानेर मन्थ्ली बेसमा हेर्दा अझै तीन महिना बजार बढ्ने तर, सानो अंकले मात्रै सुधार हुनसक्छ । अर्थात बजार नोभेम्बर, डीसेम्बर र जनवरीसम्म नेप्सेको बढाई सुस्त पनि हुनसक्छ ।  

त्यसपछि जनवरीदेखि जुलाईसम्म बजारमा फेरी ठूलो बुल चलेर सम्भवतः आउने जुलाईदेखि अगष्ट भित्रमा हालको बुल सकिन सक्छ ।  

यो समयमा बजार अपरब्याण्डमा नै चल्नसक्छ । त्यो समयमा बजारले जब अपरब्याण्ड छोड्छ, त्यसपछि बजारमा बुल सकिएको मान्न सकिन्छ । तर हालसम्म लामो समयमा पनि बजारले अपरब्याण्ड नछोडेका कारण बजार बुल नै भएको निश्चित गर्न सकिन्छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साप्ताहिक रुपमा कस्तो ?

साप्ताहिक रुपमा पनि बजार २ साता बढेपछि यो साता घटेको छ । डेली बेसमा बजार बोलिङ्गरको मध्यब्याण्ड भन्दा माथि चलेको छ । म्याक्डीमा हिस्टोग्राम नेगेटिभ भएर पनि फेरि सकारात्मक बनेका छन् ।  

आरएसआई ५० को न्यूट्रल जोन भन्दा माथि चलेको छ । यद्यपि मनिफ्लो इण्डेक्समा भने बजारमा कुनै सुधार भएको देखिन्न । अर्थात कारोबार र भोलुममा कुनै सुधार भएको देखिँदैन ।  

पिभट प्वाइन्ट

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८६४

प्रतिरोध २ – २७९७

प्रतिरोध १–  २७१४

पिभट प्वाइन्ट: २६६३

घटेमा सपोर्ट  

सपोर्ट १– २५७८

सपोर्ट २– २५२९

सपोर्ट  ३ –२४४४

निश्कर्ष: अघिल्लो साता ११८ अंकले घटेको सेयरबजार यो साता ५० अंकले बढ्यो । पछिल्लो सातामा बजारले २६१५ मा बलियो सपोर्ट बनाएको छ । अर्थात बजारले ट्वीजर बटम बनाएको छ ।  

यो साता २६७७ मा बन्द भएको बजार आगामी साता यदि २७२७ को बिन्दु भन्दा माथि बन्द हुन्छ  भने बजारले माथिको यात्रा लिनसक्छ । यो साता पिभट प्वाइन्ट २६६३ भन्दा माथि नै बजार बन्द भएको कारण बजारको आगामी साता पनि अपट्रेण्ड लिनसक्छ । तर त्यसका लागि बजारमा कारोबारले भने साथ दिनुपर्नेछ ।  

लामो समय अवधि मन्थ्ली बेस्डमा बजारलाई हेर्दा अपट्रेण्डमा चलेको देखिन्छ । अर्थात डाउथेउरीमा पनि बजारले हायर हाइ र हायर लोका सिरिजहरु चल्दै गरेको देखिन्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।)  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.