काठमाण्डौ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ५.९१ अंकले बृद्धि भएर २०७६ विन्दुमा पुगेको छ ।
नेप्सेमा रहेका १३ समूह मध्ये ७ समूहमा हरियाली छाएको छ, भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.४० प्रतिशतले बृद्धि भएको छ ।
नेप्सेमा सूचीकृत २६ बीमा कम्पनीमध्ये ११ बीमा कम्पनीको सेयरभाउ बढेको छ भने बाँकी १५ कम्पनीको भाउ घटेको छ । सर्वाधिक गुमाउने अर्थात सेयरभाउ बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ आज एकैदिन ३.४५ प्रतिशतले बढेर ७५० रुपैयाँ पुगेको छ ।
दोस्रो बढी कमाउनेमा सानिमा जिआईसी इन्स्योरेन्सको सेयरभाउ १.८२ प्रतिशतले बढेर ५३७ रुपैयाँ पुगेको छ। त्यस्तै, नेपाल रि इन्स्योरेन्सको १.८० प्रतिशत, नेकोको १.१७ प्रतिशत, सन नेपाल लाइफको १.२० प्रतिशत, आइएमई लाइफको ०.९२ प्रतिशत, शिखरको ०.४३ प्रतिशत, हिमालयन एभरेष्टको ०.१२ प्रतिशत, नेशनल लाइफको ०.०७ प्रतिशत, सुर्यज्योति लाइफको ०.३५ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.२९ प्रतिशतले घटेर १३७० रुपैयाँ कायम भएको छ ।
यसका साथै सानिमा रिलायन्स लाइफको १.१९ प्रतिशत, एशियन लाइफको १.०८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.८७ प्रतिशत, एनएलजीको ०.७९ प्रतिशत, सिटिजन लाइफको ०.६४ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.५८ प्रतिशत, युनाईटेड अजोडको ०.५६ प्रतिशत, हिमालयन लाइफको ०.४० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१८ प्रतिशत, नेपाल लाइफको ०.१६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१० प्रतिशत र सलिकोको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १७ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                