मंगलवार, श्रावण ५,२०८३ 10:54:29
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:54:29
Bizshala
Global IME Bank Limited

टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने

टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने
New Office

काठमाण्डौ । नेपालको पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउने ब्यक्ति तथा संस्थाहरू मध्येबाट नेपालमै पहिलो पटक विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ ।

नेपालको पर्यटन क्षेत्रका विविध आयामहरूमा आफूलाई सहभागी गराई पर्यटन प्रबर्धनमा योगदान पुर्‍याउँदै आएको ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको हो । आगामी चैत ६ गते काठमाण्डौमा आयोजना हुने समारोहमा यस अवार्डस् विजेताहरुलाई अवार्ड ट्रफी हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

होटल तर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरि कुल ३१ विधामा पाँचसय भन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो टुरिजम हिरो अवार्डको नोमिनेस आजैबाट खुल्ला गरिएको छ । टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जोकोहीले आफ्नो लागि वा अरूको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन् ।  

यसरी प्राप्त नोमिनेसनहरु मध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनहरुलाई सर्टलिस्ट गरि भोटिङका लागि योग्य बनाईनेछन् । 

भोटिङका लागि आवश्यक लिङ्क नोमिनेसन भर्ने अधिकारीक ब्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई बढी भन्दा बढी भोटिङ्का लागि आह्वान गरिनेछ । प्राप्त पब्लिक भोटलाई आधार मान्दै हाम्रा सम्मानित जुरिहरूको अन्तिम निर्णयका आधारमा आगामी मार्च १९ गते विजेता घोषणा गरि टुरिजम हिरो अवार्ड ट्रफि समेत हस्तान्तरण गरिनेछ । यो सम्पूर्ण प्रकृया वेभमा आधारित र निःशुल्क हुनेछ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.