Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

लगानीकर्ता सचेतना अभिवृद्धि, प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Hyundai Nepal
लगानीकर्ता सचेतना अभिवृद्धि, प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । म्याग्दी उद्योग वाणिज्य संघ, नेपाल धितोपत्र बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ र भिजन सेक्युरिटिज् प्रालि (स्टक ब्रोकर नं. ३४) को आयोजनामा लगानीकर्ता सचेतना अभिवृद्धि, प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।  

फागुन २ गते बुधवारका दिन  म्याग्दी उद्योग वाणिज्य संघ, वेनीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

Shivam Cement
Sagarmatha Cement

म्याग्दी उद्योग वाणिज्य संघको पहल तथा नेपाल धितोपत्र वोर्ड र भिजन सेक्युरिटिज् प्रा.लि.(स्टक ब्रोकर नं. ३४) सहकार्यमा विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, व्यवसायीहरु एवं लगानीकर्ताहरुको उपस्थितिमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष श्री बेल बहादुर कटुवाल क्षेत्रीकोे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

 उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशकद्वय भुपती पाण्डे र श्यामु मण्डल, म्यग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्यज्यू, द्वितिय उपाध्यक्ष लिलाराम गौतम, भिजन सेक्युरिटिज् प्रालिका राफसाफ अधिकृत अमोल बास्कोटा, नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेल वहादुर कटुवालले लगाीन गर्नु पुर्व सम्वन्धित विषयको जानकारी लिएर मात्र लगानी गर्नुपर्नेमा जोड दिए ।  

नियाकम निकायको नीति तथा नियमको वारेमा नेपाल धितोपत्र बोर्डका निर्देशक भुपती पाण्डेले प्रशिक्षण गरेका थिए भने सेयर बजार जोखिमको क्षेत्र समेत भएकोले लगानी गर्नु पुर्व के–कस्ता विषयमा ध्यान दिनु पर्छ, कसरी कारोवार गर्ने भन्ने विषयमा नेपाल धितोपत्र बोेर्डका निर्देशक  श्यामु मण्डलले प्रशिक्षण गरेका थिए । उक्त कार्यक्रममा लगभग ७५ जना लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।

यसका साथै भिजन सेक्युरिटिज् प्रालिले आगामी फागुन ५ गते ओम प्यालेस, नयाँ बजार, धनगढी, कैलालीमा सेयर बजार विज्ञ÷विष्लेशक सुवाश चन्द्र भट्टराई तथा सेक्युरिटिज्का कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले प्रशिक्षण दिने गरि लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गर्ने जनाएको छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.