IME remit
  • बिहीबार, कार्तिक ६,२०८२ 09:24:28
IME remit
Global IME Bank Limited

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

Hyundai Nepal
हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा
Shivam Cement

काठमाण्डौ । फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुरमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ ।  

उक्त उद्घाटन कार्यक्रममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वरलाल जोशी रहेका थिए ।

३ हजार स्क्वायर फिटभन्दा बढीमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिंग तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहकटच–एन्ड–फिल प्रदान गर्ने कम्पनीले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

उद्घाटनको बारेमा बोल्दै हेटिच इन्डिया, मध्यपूर्व, अफ्रिका र सार्कका प्रबन्धनिर्देशक, आन्द्रे इकहोल्टले भने‘हेटिचले एप्लिकेसन सेन्टरहरूको अवधारणामा उद्योग अग्रगाम ीभएर उपभोक्ताहरूलाई आफ्नो वासस्थानको फर्निसिङ्गअनुभव गर्ने तरिकामाक्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको छ । हेटिचको लागिनेपालीबजार निरन्तर रूपमा महत्वपूर्ण रहेको छ र यहाँहामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौं ।  

हेटिच १३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड होे ।  १.५ बिलियन यूरो भन्दा बढीको विश्वव्यापी कारोबार रहेको यो फर्निचर फिटिङ्सको विश्वको सबैभन्दा ठूलो निर्माता हो । अत्याधुनिक फर्नीचर प्रविधि सिर्जना गर्ने चुनौतीको सामना गर्दै लगभग ८० देशहरूमा अवस्थित यस कम्पनीमा ८ हजारभन्दा बढी कामदारहरू आवद्ध छन् ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.