काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी फागुन २६ गते शनिबारका दिनकाठमाण्डौ हात्तिसारमा रहेको नेपाल हाउसमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको विशेष प्रस्ताव पारित गरिनेछ।
यसका साथै सर्वसाधारणमा थप सार्वजनिक निष्कासन(एफपीओ)जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी फागुन १३गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                