• आईतवार, भाद्र २९,२०८२ 12:25:19
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

Hyundai Nepal
स्वावलम्बन लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कार्तिक ३० गते शुक्रबार काठमाण्डौमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।  

सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु.३५ करोड ९७ लाख ८३ हजार ८ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चालु आवको असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६१ हजार ७ सय ४५ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.२१ अर्व ३१ करोड २१ लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा रु.१४ अर्व ३९ करोड १९ लाख रहेको छ ।  

राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमूखि सेवा विस्तारको योजना साथ अगाडि बढेको संस्थाको जारी तथा चुक्ता पूँजी रु.१ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।  

साधारण सभाले संस्थाको सञ्चालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा रविन कुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, आ.व.२०८१÷८२ को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.