Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रतन टाटाको दाहिने हातको सफलताको कथा: इन्टर्न देखि सीइओसम्मको यात्रा, तलब नै थाप्छन् सय करोड भारु

Global IME Bank Limited
रतन टाटाको दाहिने हातको सफलताको कथा: इन्टर्न देखि सीइओसम्मको यात्रा, तलब नै थाप्छन् सय करोड भारु
Nabil Bank Limited

काठमाण्डौ । भारतीय उद्योगी तथा टाटा सनका अध्यक्ष रतन टाटासँग एकदमै नजिकका एन चन्द्रशेखरनको हातमा अहिले टाटा ग्रुपको बागडोर रहेको छ ।  

विगत ७ वर्षदेखि एन चन्द्रशेखरन भारतको दिग्गज कम्पनी टाटा ग्रुपको नेतृत्व गरिरहेका छन् । रतन टाटाले चन्द्रशेखरनमाथि गरेको भरोसामाथि उनी खरो उत्रिएका छन् । चन्द्रशेखरनले टाटा कम्पनीलाई १२८ अर्ब डलरबराबर मूल्य भएको कम्पनीको रुपमा उभ्याएका छन् । टाट–साइरस विवादपश्चात चन्द्रशेखरनलाई टाटा सनको अध्यक्ष बनाइएको थियो ।  

चन्द्रशेखरनको एक छोरा र श्रीमति छन् । उनीसँग एउटा आलिसान घर पनि छ । यो घर उनले सन् २०२० मा ९८ करोड भारुमा खरिद गरेका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चन्द्रशेखरनको तलबको कुरा गर्दा बढेको बढ्दै छ । अहिले उनको वार्षिक तलब १०० करोड भारुभन्दा बढी पुगेको छ ।  

मिडिया रिपोर्टका अनुसार चन्द्रशेखरनको तलब सन् २०१९ मा वार्षिक ६५ करोड भारु रहेको थियो । सन् २०२१÷२२ मा यो बढेर १०९ करोड भारु पुगेको थियो । त्यसबेला उनी भारतको सबैभन्दा धेरै तलब पाउने व्यवसायीक अधिकारी बन्न सफल भएका थिए । उनको नेतृत्वमा टाटा ग्रुपको मुनाफा  सन् २०२२ मा ६४ हजार २६७ करोड भारुसम्म पुगेको थियो ।  

जबकी सन् २०१७ सम्म कम्पनीको मुनाफा ३६ हजार ७२८ करोड भारु मात्रै थियो । चन्द्रशेखरनको ५ वर्षे कार्यकालमा टाटा ग्रुपको आम्दानी ६.३७ लाख करोड रुपैयाँ बढेर ९.४४ लाख करोड भारु पुगेको छ ।  

इन्र्टनदेखि सीईओसम्मको यात्रा

चन्द्रशेखरन पढाई सकेर सन् १९८७ मा इन्र्टनका रुपमा टाटा कन्सल्टेन्सी सर्भिसमा टीसीएससँग जोडिएका थिए । यसको दुई दशकपछि उनले आफ्नो प्रतिभा र मेहनतको दममा कयौँ सफलताहरु हात पारे । अन्तत सन् २००७ मा उनलाई टीसीएसको सञ्चालक समितिमा समावेश गरियो ।  

यसका साथै,उनलाई प्रमुख सञ्चालक अधिकृतको जिम्मेवारी पनि प्रदान गरियो । यसपछि सन् २००९ मा ४६ वर्षको उमेरमा उनी टीसीएसको सीईओ बने । त्यसबेला उनी टाटा ग्रुपको सबैभन्दा कम उमेरको सीईओ थिए ।  

चन्द्रशेखरन सन् १९६३ मा तमिलनाडुको एक सामान्य किसान परिवारमा जन्मिएका थिए । उनी सुरुवातदेखि नै धेरै मिहिनेती थिए र आफ्नो स्वास्थ्यप्रति पनि सजग थिए । उनले आफ्नो दैनिकीमा कुने पनि सम्झौता गर्दैनथे ।    


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.