बुधबार, असार ३१,२०८३ 03:14:16
Bizshala
  • बुधबार, असार ३१,२०८३ 03:14:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अब सीएफ मोटो र जिहोमा २४ महिनासम्मको सरल र सहज फाइनान्स सुविधा

Laxmi Sunrise Bank Limited
अब सीएफ मोटो र जिहोमा २४ महिनासम्मको सरल र सहज फाइनान्स सुविधा

काठमाण्डौ । नेपालका लागि सीएफ मोटोर जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सरल र सहज फाइनान्स सुविधाको व्यवस्था गरेको छ।सीएफ मोटोको पेट्रोल बाइक तथा जिहोकाईभी स्कुटर खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी ल्याइएको सो सुविधा हालै प्रारम्भ भएको हो।

उक्त व्यवस्थाअन्तर्गत आफूलाई मनपर्ने सीएफ मोटो तथा जिहोका बाइक तथा स्कुटर सरल र सहज किस्ताबन्दीमा बिना झन्झट खरिद गर्न सकिनेछ।ग्राहकले आफ्नो चाहनाअनुरुप १२ महिने, १८ महिने र २४ महिने किस्ताबन्दी र न्यूनतम मूल्यमा आफूले रोजेको बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन्।

New Office
CG Motors
Garima Development Bank

हालका लागि कम्पनीको नक्साल र झम्सिखेलस्थित शोरुमबाट मात्र सो सेवा उपलब्ध भएको र आगामी दिनमा अन्य शोरुमबाट समेत क्रमशःसेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ।

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएका सीएफ मोटोको ४५० र जिहोएई ४ चर्चामा रहेका छन्।

सो नयाँ मोटरसाइकलमा ४४९.५ सीसीको बलियो, लिक्विडकुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ। सीएफ मोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउने कम्पनीले जनाएको छ।

फेमिली स्कुटरको रुपमा डिजाइन गरिएको एई ४ मा ३१ लिटरको बुटस्पेस, फराकिलो फुटस्पेस, लिथियम आयोन ब्याट्री, एबीएस, इलेक्ट्रोनिक ट्रयाक्सन कन्ट्रोल, ३ हजारवाट पिक पावरलगायतका विशेषता रहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.