Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

यौन उत्पीडनको अखडा बन्दै बेलायतका बैंक तथा बीमा कम्पनी, नियामकले दियो यस्तो निर्देशन

Global IME Bank Limited
यौन उत्पीडनको अखडा बन्दै बेलायतका बैंक तथा बीमा कम्पनी, नियामकले दियो यस्तो निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । बेलायतको बजार नियामकले १ हजारभन्दा बढी बैंक, बीमा कम्पनी तथा ब्रोकरेज कम्पनीहरुलाई सन् २०२१ यता कम्पनीहरुले दर्ता गरेका यौन उत्पीडन, भेदभाव र अन्य गैर–आर्थिक दुर्व्यवहारका घटनाहरू र त्यसलाई उनीहरुले कसरी सम्बोधन गरिरहेका छन् भन्ने प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ ।  

नियामक निकाय फाइनान्सियल कन्डक्ट अथोरिटी(एफसीए) ले गत जनवरीमा वित्तीय सेवा कम्पनीहरूले त्यस्ता दुराचारलाई कसरी सम्बोधन गर्छन वा पिडितहरुलाई चुप लाग्न वा त्यस्ता दुराचारबारे थप कदम चाल्न रोक लगाउछन् भन्ने विषयमा बेलायति सांसदहरुसामु अनुसन्धान गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत वर्ष हेज फन्डका संस्थापक क्रिस्पिन ओडे र कन्फेडेरेसन अफ ब्रिटिश इन्डस्ट्री(सीबीआई) अधिकारीहरू विरुद्ध यौन दुर्व्यवहार र दुर्व्यवहारको आरोप लागेपछि लन्डनको वित्तीय क्षेत्र यौन दुर्व्यवहारको अखडा बनेको आरोप लागेको थियो ।  

ओडेले दुर्व्यवहारको आरोपलाई अस्विकार गरेका छन् तर उनको हेज फन्ड भने बन्द गरिएको छ । त्यस्तै सीबीआईले पनि उच्च आचरणको मापदण्ड पुरा गर्न असफल भएका केह िकर्मचारीहरूलाई बर्खास्त गरेको जनाएको छ ।  

एफसीएले धारा १६५ अन्तर्गत वित्तीय कम्पनीहरुलाई निर्देशन पठाइएको जनाएको छ । यो धारामार्फत कम्पनीरूलाई सूचना प्रदान गर्न बाध्य पार्ने अधिकार रहेको एफसीएले जनाएको छ । एफसीएले १८४ वटा लगानी बैंक, २१७ वटा वाणिज्य बीमाकर्ताहरू, ३४९ बीमा मध्यस्थकर्ताहरू र २८८ होलसेल ब्रोकरहरूलाई यस्तो निर्देशन दिएको जनाएको छ ।  

कम्पनीहरुले प्रतिवेदन बुझाउन असफल भएमा सार्वजनिक निन्दा, जरिवाना वा कम्पनीमा छापा हानिने एफसीएले जनाएको छ ।  

३० वटा वित्तीय कम्पनीका ४० जना महिलाले कसरी पीडितहरूलाई टीम सार्ने, छोड्न वा मौन बस्न बाध्य पारिन्छ भन्ने बारेमा अज्ञात रूपमा बताएपछि सांसदहरूले यस विषयमा थप अनुसन्धान गर्न प्रेरित गरेको बताएका छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.