बिहीबार, असार १९,२०८२ 07:51:32
  • बिहीबार, असार १९,२०८२ 07:51:32
Global IME Bank Limited

वारेन बफेटको बर्कशायर ह्याथवेले बेच्यो एप्पलको १ करोड कित्ता सेयर,अझै छ ९०.५० करोड कित्ता

Hyundai Nepal
वारेन बफेटको बर्कशायर ह्याथवेले बेच्यो एप्पलको १ करोड कित्ता सेयर,अझै छ ९०.५० करोड कित्ता
Nabil Bank Limited

काठमाण्डौ । वारेन बफेटको बर्कशायर ह्याथवेले एप्पल कम्पनीको १ करोड कित्ता सेयर बिक्री गरेको छ । हाथवेले सन् २०२३ को अन्तिम तीन महिनामा एप्पलको उक्त परिमाणको सेयर बिक्री गरेको हो । कम्पनीमा यसको स्वामित्व लगभग १ प्रतिशत हुन आउँछ ।  

एप्पलमा सबैभन्दा धेरै स्वामित्व ओमाहाको कम्पनी ओरेकलको रहेको छ ।  

तर ओमाहा आधारित समूहले बुधबार सेक्युरिटीज एन्ड एक्सचेन्ज आयोगको नियामक फाइलिंगमा एप्पल आफ्नो स्वामित्व अलिकति कटौती गरेको जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बर्कशायरसँग अझै पनि कम्पनीको ९० करोड ५० लाख कित्ता बढी सेयरहरू छन् ।  जसको मूल्य लगभग १७४ अर्ब डलर हुन आउँछ । यो एप्पलको कुल सेयरको ६ प्रतिशत हो भने बर्कशायरको कुल पोर्टफोलियोको पाचँ भागको एक भाग हो ।  

धेरै लगानीकर्ताहरू, बर्कशायरको पोर्टफोलियोको सफलतालाई पछ्याउन बफेटको बजार चालहरू नजिकबाट हेर्छन् र अनुशरण गर्ने गर्छन ।  

सन् २०१६ देखि एप्पलमा लगानी गर्न थालेको बर्कशायरले कम्पनीमा आफ्नो स्वामित्वहरु बिक्री गरेको यो पहिलो पटक भने होइन।

सन् २०२० को अन्तिम ६ महिनामा कम्पनीले एप्पलको लगभग ११ अर्ब डलरबराबरको स्टक बिक्री गरेको थियो । यो कदमलाई ९३ वर्षिय बफेटले सेयरधनीहरुको बैठकमा ूगल्ती भएको बताएका थिए ।  

बफेटले एप्पलका सीईओ टिम कुकलाई विश्वका उत्कृष्ट सीइएओमध्ये एक भनेर प्रशंसा गरेका थिए । बर्कशायर ह्याथवेले सन् २०२२ मा एप्पलको थप ३१ अर्ब डलर खरिद गरेको थियो ।  

बिहीबार बिहान सत्रको कारोबारमा एप्पलको सेयरमूल्य लगभग १.२ पतिशतले घटेको थियो भने बर्कशायर ह्याथवेको सेयरमूल्य ०.७ प्रतिशतले वृद्धि भएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.