बुधबार, असार १७,२०८३ 01:40:50
Bizshala
  • बुधबार, असार १७,२०८३ 01:40:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी लघुवित्तले १४ औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम आयोजना गरि मनायो

Laxmi Sunrise Bank Limited
लक्ष्मी लघुवित्तले १४ औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम आयोजना गरि मनायो

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले आज मंसिर १४ गते केन्द्रीय कार्यालय तथा शाखाहरुमा विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । 

केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष, लक्ष्मी सनराइज बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र केन्द्रीय कार्यालय मातहतका कर्मचारीको उपस्थितीमा कार्यक्रमको शुभारम्भ गरिएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यसै अवसरमा केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम आयोजना गरि ६७ पिन्ट रगत संकलन गरिएको थियो ।  

साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत संजय साई विद्यामन्दिरको पुस्तकालयलाई पुस्तकहरु वितरण गरिएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विभिन्न शाखाकार्यालयहरुबाट स्थानिय स्तरका जनप्रतिनिधिहरु, स्थानिय सुरक्षा निकायका व्यक्तिहरु, वृद्धिजिवी वर्ग, ग्राहक सदस्य/अभिभावकहरुको उपस्थितिमा ३ हजार जनालाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराईएको थियो ।  

२०६७ सालमंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भै विधिवत रुपमा यस कम्पनीको स्थापना भएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.