Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 07:29:07
Bizshala
Global IME Bank Limited

३४ हाइड्रो कम्पनी घाटामा, सबैभन्दा बढी नाफा कमाउने चिलिमे, ईपीएसमा कुन अघि(सूचीसहित) ?

३४ हाइड्रो कम्पनी घाटामा, सबैभन्दा बढी नाफा कमाउने चिलिमे, ईपीएसमा कुन अघि(सूचीसहित) ?
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लगभग आधी हाइड्रोपावर कम्पनीहरु घाटामा देखिएका छन् । नेप्सेमा कुल ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् ।  

हालसम्म ८४ कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । हिमालयन पावर पार्टनर, जोशी हाइड्रो, हिमाल दोलखा हाइड्रो, भूगोल ईनर्जी, चिरख्वा हाइड्रो, डोल्टी पावर र अप्पर लोहरे खोला हाइड्रोपावरले भने हालसम्म वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।  

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म ५० कम्पनी नाफामा छन् भने ३४ कम्पनी घाटामा छन् । अधिकांश हाइड्रोपावर कम्पनीको विद्युत बिक्री आम्दानीमा गिरावट आउँदा नाफामा उक्लिन सकेका छैनन् ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

खुद नाफासँगै आधाजसो कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)समेत ऋणात्मक अवस्थामा छ । सेयरबजारमा हाइड्रोपावर कम्पनीहरु ‘सर्ट टर्म इन्भेष्ट’का लागि लगानीकर्ताहरुको रोजाईमा पर्छन् । तर पछिल्लो केही समययता हाइड्रोपावर कम्पनीहरुले वित्तीय अवस्था सुधार्न सकेका छैनन् । आधा कम्पनीले नोक्सानी व्यहोर्दा कम्पनीहरुको लाभांश क्षमतासँगै ईपीएस समेत घट्दो अर्थात् ऋणात्मक छ ।  

सेयरबजारमा अल्पकालीन लगानीकर्ताले भने हाइड्रोपावर कम्पनीहरुमा बढी लगानी गरेको देखिन्छ । बजारमा हाइड्रोपावर कम्पनीको सेयरभाउ बढी उतारचढाव हुने हुँदा प्राविधिक विश्लेषण गरी केही लगानीकर्ताले छोटो समयमा नै लगानीबाट नाफा कमाइरहेका हुन्छन् ।  

तर वित्तीय अवस्थाकै आधारमा दीर्घकालिन लगानी गर्न हाइड्रोपावर कम्पनीको लगानी बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुभन्दा बढी जोखिम हुन सक्ने लगानीकर्ताहरु बताउँछन् ।  

कुनले कति नाफा कमाए ?  

दोस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउने हाइड्रोपावर कम्पनीमा चिलिमे हाइड्रोपावर रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेर सबैभन्दा धेरै नाफा कमाउने हाइड्रोपावर कम्पनी बनेको छ ।  

त्यस्तै, दोस्रोमा माउन्टेन इनर्जीले ३५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ भने साहज उर्जा कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाई तेस्रो स्थान कायम गर्न सफल भएको छ ।  

यसका साथै सानिमा माई हाइड्रोले ३३ करोड ४१ लाख, ग्रीन भेन्चर्सले ३० करोड ५१ लाख, बुटवल पावरले १७ करोड ८३ लाख, माण्डू हाइड्रोले १७  करोड ५ लाख रुपैयाँ र सिनर्जी पावरले ११ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, २९ वटा हाइड्रोपावर कम्पनीले करोड माथि नाफा कमाएका छन् भने १३ वटा कम्पनीको नाफा लाखमा सीमित छ । सबैभन्दा थोरै नाफा कमाउनेमा सुपर मादी हाइड्रोले १ लाख ४७ हजार रुपैयाँ र अपर स्याङ्गे हाइड्रोले ९ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ ।  

घाटामा रहेका ३४ हाइड्रोपावर कम्पनी  

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ वटा हाइड्रोपावर कम्पनी घाटामा छन् । सबैभन्दा बढी अरुण काबेली पावरले समीक्षा अवधिसम्म ३१ करोड ५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

त्यस्तै, दोस्रो धेरै घाटा ब्यहोर्ने कम्पनी अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीले सो अवधिसम्म २५ करोड ७६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

यसका साथै मोदी इनर्जी १९ करोड ८६ लाख, बलेफी हाइड्रो १६ करोड ७२ लाख, माया खोला हाइड्रो १५ करोड ४० लाख, पिपुल्स हाइड्रो १२ करोड ८१ लाख, लिबर्टी ईनर्जी ११ करोड ८१ लाख, न्यादी हाइड्रो १० करोड ६४ लाख र पाँचथर पावर १० करोड ५३ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।  

त्यस्तै १२ कम्पनी करोड भन्दा बढी र १२ कम्पनी लाख भन्दा माथि नोक्सानमा रहेका छन् ।  

ईपीएसमा साहज उर्जा अघि  

दोस्रो त्रैमाससम्म ५० वटा हाइड्रोपावर कम्पनीको ईपीएस धनात्मक छ भने ३४ वटा हाइड्रोपावर कम्पनीको ईपीएस ऋणात्मक रहेको छ ।  

समीक्षा अवधिसम्म सबैभन्दा बढी ईपीएस साहज उर्जाको छ । कम्पनीको ईपीएस सो अवधिसम्म २६।२१ रुपैयाँ रहेको छ भने दोस्रोमा माण्डू हाइड्रोपावरको २५.०२ रुपैयाँ छ ।  

यसका साथै रुरु जलविद्युत कम्पनीको २३.९० रुपैयाँ, नेपाल हाइड्रो डेभलोपर्सको १८.४५ रुपैयाँ, माउन्टेन इनर्जीको १७.७९ रुपैयाँ र कुथेली बुखरी हाइड्रोको १६.९३ रुपैयाँ छ । सो अवधिसम्म सबैभन्दा थोरै ईपीएस स्वेत–गंगा हाइड्रोको ०.०७ रुपैयाँ छ ।  

चालु आवको अर्धवार्षिक समिक्षाअनुसार ३४ वटा हाइड्रोपावर कम्पनीको ईपीएस ऋणात्मक छ । सबैभन्दा बढी अपर हेवाखोला हाइड्रोको ३४.७५ रुपैयाँ ऋणात्मक छ ।  

त्यस्तै, बलेफी हाइड्रोको १८.३० रुपैयाँ, मेन्छियाम हाइड्रोको १७.३० रुपैयाँ, राप्ती हाइड्रोको १६.८७ रुपैयाँ, अरुण काबेली पावरको १५.९४ रुपैयाँ र माया खोला हाइड्रोको १५.४१ रुपैयाँ ऋणात्मक छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.