मंगलवार, असार ३१,२०८२ 02:48:30
  • मंगलवार, असार ३१,२०८२ 02:48:30
Global IME Bank Limited

एनआईसी एशिया बैंकले राख्यो सूर्योदय वोमी र सीआईटीको १.२५ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

Hyundai Nepal
एनआईसी एशिया बैंकले राख्यो सूर्योदय वोमी र सीआईटीको १.२५ लाख कित्ता सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  

बैंकले सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल १ लाख २५ हजार ३०५ कित्ता सेयर लिलामीमा राखेको हो ।  

Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले आगामी फागुन १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २४५ रुपैयाँ र सीआईटीको ७४० रुपैयाँ निर्धारण गरेको छ ।  

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सूर्योदय वोमी लघुवित्तको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

त्यस्तै सीआईटीको सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयमा बुझाउन सकिनेछ। 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.