Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

हिमालयन लाइफ इन्स्योरेन्सको बीमा जागरण अभियान झापाको बिर्तामोडबाट सुरु

Global IME Bank Limited
हिमालयन लाइफ इन्स्योरेन्सको बीमा जागरण अभियान झापाको बिर्तामोडबाट सुरु
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको बिर्तामोडबाट बीमा जागरण अभियान कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ ।  

बीमाप्रति सर्वसाधारणलाई जागरुक बनाउन सञ्चालन गरिएको सो कार्यक्रमको शुभाम्भ नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले एक बार्यक्रमका बिच संयुक्त रुपमा गरे ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोे कार्यक्रममा मन्तब्य राख्दै कार्यकारी निर्देशक पौडेलले बीमा जागरणको अभियानलाई सर्वसाधारणको पहुँचमा पु¥याउन आवश्यक रहेकोले बीमा कम्पनीहरुले बीमा जागरणको अभियानलाई गाउँ गाउँ सम्म लैजानु पर्ने बताए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले बीमाप्रतिको बिश्वास अभिबृद्धि गर्नको लागि कम्पनीले गरेको कार्य राम्रो भएको बताउदै सर्वसाधारण नागरिकलाई बीमाको दायरामा समेट्न आवश्यक रहेको बताए ।

यस्तै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा जागरण बढाउन कम्पनीले गरेको कार्य प्रशंसनिय रहेको उल्लेख गर्दै बीमा क्षेत्रको विश्वसनियता बृद्धि गर्न सवै सक्रिय हुनु पर्ने बताए । कम्पनीको प्रमुख कार्यक्रारी अधिकृत मनोज कुमार लाल कर्णले सर्वसाधारणलाई बीमाको दायरामा समेट्न ७७ वटै जिल्लामा कार्यक्रम संचालन गर्न लागिएको जानकारी गराउदै देशका सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउन सकिएमा देशको आर्थिक बिकास हुने र गरिबी निवारण गर्न सहयोग पुग्नेमा जोड दिए  ।

सो कार्यक्रममा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, चेम्बर अफ कमर्श बिर्तामोडका अध्यक्ष ओम प्रसाद बिमली, उद्योग बाणिज्य संघ बुद्धशान्ती नगर अध्यक्ष चन्द्र उप्रेती लगायतले कम्पनीले गरेको कार्यक्रम प्रभाकारी रहेको बताए ।  

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालयका प्रमुख विनोद पोखरेल, बिभिन्न संघ, संस्था, सहकारी संस्था, टोल बिकास संस्थाका प्रतिनिधिहरु लगायत सर्वसाधारण नागरिकको उपस्थिती रहेको थियो ।  

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.