काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै मंसिर २० गते आवेदन दिएको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको (१ः०.५४५ अनुपातमा हकप्रद सेयर जारीका लागि अनुमति मागेको छ । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ५६ करोड ३६ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५६ लाख ३६ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । हकप्रद निष्कासनको प्रस्ताव कम्पनीको असोज २१ गते बसेको वार्षिक साधारण सभाले स्वीकृत गरेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                