मंगलवार, असार १७,२०८२ 01:50:54
  • मंगलवार, असार १७,२०८२ 01:50:54
Global IME Bank Limited

नेपाल लाइफ क्यापिटलद्वारा साधारण सभा आह्वान

Hyundai Nepal
नेपाल लाइफ क्यापिटलद्वारा साधारण सभा आह्वान
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको १०७ औं बैठकले ११ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी पुस १८ गते काठमाण्डौको बानेश्वरमा रहेको अल्फा हाउस बैंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको नियमावलीमा गरिने संशोधन÷थप माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा संशोधन एवम् परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.