बिहीबार, बैशाख ३१,२०८३ 11:53:20
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:53:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त सेयरभाउ ?

Laxmi Sunrise Bank Limited
म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त सेयरभाउ ?
Shivam Cement

काठमाण्डौ । म्युचुअल फण्डहरुले लगानीको दायरा बढाउने अभिप्रायले मुद्दती निक्षेप, बैंक मौज्दात र सेयरबजारमा लगानी गरेका हुन्छन् ।  

सञ्चालनमा रहेका ४२ म्युचुअल फण्डले नेप्सेमा सूचीकृत कम्पनीहरु बैंक वित्तीय संस्था, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन कम्पनीहरुमा लगानी गरेका छन् ।  

चालु आर्थिक वर्षको ६ महिनासम्ममा म्युचुअल फण्डहरुले बैंक वित्तीय संस्थामा लगानीको दायरा घटाएका छन् भने बीमा कम्पनीहरुको सेयरमा लगानी बढाएका छन् ।  

सेयर स्क्रिनिङ सफ्टवेयर ‘स्मार्ट वेल्थ प्रो’को तथ्याङ्कअनुसार म्युचुअल फण्डहरुले जीवन तथा निर्जीवन बीमा कम्पनीको सेयरमा भने लगानी बढाएका छन् ।  

Bizshala
New Office
CG Motors

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा म्युचुअल फण्डहरुको कुल लगानीमध्ये बीमा कम्पनीहरुमा लगानी २६.८१ प्रतिशत रहेकोमा पुष मसान्तसम्म आईपुग्दा २७.७ प्रतिशत पुगेको छ ।  

फण्डहरुले जीवन बीमा कम्पनीको सेयरमा मात्रै पुष मसान्तसम्म १३.४२ प्रतिशत लगानी गरेका छन् । जसमा साउनमा यस्ता कम्पनीको सेयरमा लगानी १२.५७ प्रतिशत थियो । म्युचुअल फण्डहरुले भदौमा लगानी थप गरी १३.२ प्रतिशत पुर्याएका थिए ।  

त्यस्तै, असोजमा १३।६५ प्रतिशत, कात्तिकमा १३.७९ प्रतिशत र मंसिरमा १४.४६ प्रतिशत लगानी गरेका थिए । मंसिर महिनाको तुलनामा पुषमा भने लगानीको दायरा केही घट्न पुगेको तथ्याङ्कले देखाएको छ ।  

त्यस्तै, यता निर्जीवन बीमा कम्पनीतर्फ पनि लगानीको दायरा क्रमशः बृद्धि भएको देखिन्छ । साउनमा म्युचुअल फण्डहरुले निर्जीवन बीमा कम्पनीको सेयरमा सूचीकृत कम्पनीको सेयरमा कुल लगानीको १४.२४ प्रतिशत लगानी गरेका थिए । भदौमा लगानीको दायरा थोरै बढाउँदै फण्डहरुले १४.२५ प्रतिशत लगानी गरेका थिए ।  

त्यस्तै, असोज महिनामा १४.४५ प्रतिशत, कात्तिकमा १४.३६ प्रतिशत, मंसिरमा १४.५४ प्रतिशत र पुष महिनामा थोरै घटेर १४.२८ प्रतिशत लगानी गरेका छन् ।

मंसिर महिनाको तुलनामा पुस महिनामा भने फण्डहरुको बीमा कम्पनीमा लगानी केही प्रतिशत घट्न पुगेको देखिएको छ । मंसिरमा सेयरबजारमा एकाएक सुधार देखिएकाले म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ती मूल्य (न्याभ), खुद नाफा र सूचीकृत सेयरमा लगानी बढेको थियो ।  

पुष महिनामा बजारमा करेक्सन देखिंदा फण्डहरुले पनि लगानी घटाएको देखिन्छ ।  

समग्रमा ६ महिनाको तथ्याङ्क हेर्दा भने म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाएको देखिन्छ । बजारमा फण्डहरुले लगानी थप्दै जाँदा कम्पनीहरुको सेयरभाउ बढ्न सक्ने संकेत देखिन्छ ।  

बजार जानकार सरोज भट्टराईले सामूहिक लगानी कोषले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रहेका १३ समूहमध्ये जुन समूहमा लगानी थप्छ त्यो समूहका कम्पनीहरुको स्टक बढ्न सक्ने बताउँछन् ।  

‘संस्थागत लगानीकर्ताहरुले बजारमा थप लगानी भित्र्याउँदा धितोपत्र बजार पुँजीकरण बढ्न जान्छ र नेप्से इन्डेक्स समेत माथि पुग्ने सम्भावना रहन्छ’ उनले भने, ‘सेयरबजारमा पनि अर्थशास्त्रकै नियम लागू हुन्छ, सेयर खरिद माग बढ्दा बस्तुको मूल्य बढे जसरी कम्पनीहरुको सेयरभाउ पनि बढ्न जान्छ ।’

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.