IME remit
  • बुधबार, कार्तिक ५,२०८२ 03:38:57
IME remit
Global IME Bank Limited

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने

Hyundai Nepal
कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने
Shivam Cement

 

काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।

उक्त मोड्युल सार्वजनिक भए सँगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु नपर्ने बैंकले जनाएको छ । अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएता पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

उक्त प्रविधिलाई थप परिष्कृत बनाउदै ग्राहकहरुले अनलाईन खाताखोल्ने क्रममा बैंक प्रतिनिधीसँग आफुलाई पायक पर्ने समय तय गरेर बा अनलाईन खाताखोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सकिने बैंकले जनाएको छ ।  

यो सुविधाप्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाताखोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । बैंकले यो व्यवस्थाल्याएसँगै स्वदेश तथा विदेशमा रहेकाले आफु अनुकुल विभिन्न प्रकारका खाता खोल्न सकिने जनाएको छ । बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।  

कामना सेवाविकास बैंकले देशकाविभिन्न स्थानमा रहेका १३५ संजालतथा७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधाप्रदानगर्दै आईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.