एनपीएल सिजन ३ मा लुम्बिनी लायन्ससँग ह्युण्डाई नेपालको साझेदारी
काठमाण्डौ । ह्युण्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग साझेदारी गरेको छ। दुई पक्षबीच ‘ड्रिभन बाइ ह्युण्डाई’ (Driven by Hyundai) अवधारणासहित सहकार्य गरिएको हो।यस साझेदारीले अटोमोबाइल क्षेत्रको स्थापित ब्रान्ड ह्युण्डाई नेपाल र एनपीएलको वर्तमान च्याम्पियन लुम्बिनी लायन्सलाई एकै प्लेटफर्ममा जोडेको छ।

