ईभी चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट
काठमाण्डौ । सरकारले विद्युतीय सवारी साधनको चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने घोषणा गरेको छ । बिहिबार अर्थमन्त्री विष्णु पौडेलले यस्ता उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरेको बताए । ‘सौर्य तथा वायु ऊर्जाबाट विद्युत सञ्चय गर्न आवश्यक पर्ने व्याट्री...

