नाडाको नयाँ अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध
काठमाण्डौ । नेपालको अटोमोबाइल व्यवसायीहरूको प्रमुख संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष पदमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।नाडाले जारी गरेको निर्वाचन तालिकाअनुसार अध्यक्ष पदका लागि मनोनयन दर्ताको अन्तिम मिति आज दिउँसो १२ बजेसम्म थियो। सो समयसीमाभित्र उप्रेतीबाहेक अन्य कुनै उम्मेदवारी नपरेपछि उनी स्वतः निर्विरोध भएका हुन्।

