राष्ट्रबैंकको पहिलो एआई गाइडलाइन्सः बन्नसक्छ दक्षिण एशियाकै उदाहरण, दर्जनौं चाखलाग्दा व्यवस्थाको प्रस्ताव
TRENDING
काठमाण्डौ । सानिमा बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । बैंकले मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको हो । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१ औं वार्षिकोत्सव मनाएको छ ।
काठमाण्डौ । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा पूर्व बैंकर नारायणदास मानन्धरको निधन भएको छ । ८२ वर्षिय मान्धरको निधन आइतबार भएको हो ।उनको आजै दाससंस्कार समेत भईसकेको छ ।
काठमाण्डौ । प्रभु बैंकका सीईओ अशोक शेरचन सहित तीनजनालाई पाँच दिन ५ दिन म्याद थप गरिएको छ । उच्च अदालत पाटनले सीईओ शेरचन र डिसीईओ पोख्रेल र सिसिओ रिवाज श्रेष्ठलाई ५ दिन म्याद थप गरी अनुसन्धान गर्न म्याद थप गरेको हो ।
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन Fonepay Payment Service Limited सँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(आईपीएल)को दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको छ ।यस कार्डमार्फत...
काठमाण्डौ । प्रभू बैंकको प्रमुख विजिनेश अफिसर(सीबीओ) रश्मी पन्त एक सातादेखि फरार रहेकी खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल लगायत तीन उच्च पदस्थलाई साताअघि बबरमहल(बिजुलीबजार)स्थित मुख्य कार्यालयबाट पक्राउ गरेको थियो ।
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले सकार गरेको हदबन्दीभन्दा बढी भएको सम्पत्ति बेचबिखन गर्न सक्ने कानूनी व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीको क्रममा सकार गरी आफ्ना नाममा दर्ता कायम गरेको गैरबैंकिङ सम्पत्ति ३ बर्ष भित्रमा बेचबिखन गर्नु पर्ने र उक्त अवधी भित्र बेचबिखन नगरेमा नेपाल सरकारको...
काठमाण्डौ । कर्जा असुलीका क्रममा बैंक तथा वित्तीय संस्थाहरूले लिलाम सकार गरी आफ्नै नाममा दर्ता राखिएका गैरबैंकिङ सम्पत्ति तीन वर्षभित्र अनिवार्य रूपमा बेचबिखन गर्नुपर्ने कानूनी प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको छ।
काठमाण्डौ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८४ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा केन्द्रीय बैंकले आज बजारबाट पैसा झिक्न...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी म्रद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.६८ रुपैयाँ र बिक्रीदर १४४.२८ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १६७.३४ रुपैयाँ र बिक्रीदर १६८.०४ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९१.५५ रुपैयाँ र बिक्रीदर १९२.३५ रुपैयाँ निर्धारण भएको छ ।
काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलसहित उच्चपदस्थ अधिकारीहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को हिरासतमा परेपछि बैंकिङ क्षेत्रमा ठूलो तरङ्ग पैदा भएको छ । करिब १ अर्ब रुपैयाँ बराबरको कर्जा दुरुपयोग, गैरकानूनी कर्जा प्रवाह र विश्वासघातका गम्भीर आरोप लागेका यी घटनाले अब नेपाल ...
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ । निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । अघिल्लो दिन किर्तिमानी उचाईमा पुगेको अमेरिकी डलरको भाउले आज भने घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.६७ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन डलरको भाउले रेकर्ड बनाएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको थियो।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एकैेपटक ७६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले आज एक विज्ञापन जारी गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।जसमा अधिकृत तृतीयअन्तर्गत सहायक निर्देशक(अर्थशास्त्र) १ जना, सहायक निर्देशक (व्यवस्थापन)१ जना, सहायक निर्देशक ३९ जना, सहायक...
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)को साधारणसभामा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लगायतका उच्चपदस्थ कर्मचारी पक्राउ परेको विषयमा कुनै पनि बैंकरले एक शब्द पनि नबोलेका खुलेको छ । पत्रकारहरुलाई निमन्त्रणा नगरी बुधबार साँझ आयोजना गरिएको एनबीएको साधारणसभामा सहभागी वक्ता बैंकरहरुले प्रभू...
काठमाण्डौ । नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) प्रयोगमा ल्याउने माग्र प्रशस्त भएको छ । भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) ले नेपालमा ठूला दरका भारु सटही गर्न अनुमति दिएको छ ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर 2025’ अवार्ड प्राप्त गर्दै लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय स्तरको सम्मान हात पारेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्स समूहले डिसेम्बर ३ मा लन्डनमा आयोजना गरेको विशेष समारोहमा सिटिजन्स बैंकलाई यो अवार्ड प्रदान गरेको हो।
काठमाण्डौ । प्रभू बैंक लिमीटेडलाई करोडौंको नोक्सान पुर्याएको आरोपमा सो बैंकका सीईओ अशोक शेरचन लगायतका उच्चपदस्थ ३ कर्मचारी अहिले प्रहरी हिरासतमा छन् । मिलेमतोमा बैंकलाई नोक्सानी पुर्याउने प्रकरणमा सहभागी भएका गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पनि हिजो(बुधबार) पक्राउ परेका छन् । पक्राउ परेका बैंकका सीईओ शेचरन, डिसीईओ मणिराम पोखरेल लगायत र शाक्यमाथि ...
काठमाण्डौ । अमेरिकी डलरको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि डलरको भाउले रेकर्ड बनाएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४३.५० रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ कायम भएको थियो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.