३०% ले बढ्यो मुक्तिनाथ बैंकको नाफा, अन्य सूचकको प्रगति कस्तो ?
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९४ करोड २६ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढी हो । खूद नाफा बढे पनि खराब कर्जा बढेका कारण बैंकको वितरणयोग्य मुनाफा तथा प्रतिसेयर नाफा भने घटेको छ ।

