कृषि बीमामा ९०% सम्म अनुदान दिने नेपाली कांग्रेसको घोषणा
काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्रमार्फत कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि बीमाको प्रिमियममा ९० प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको छ। पार्टीले किसानलाई प्राकृतिक विपत्ति तथा अन्य जोखिमबाट जोगाउन बीमा पहुँच विस्तार गर्ने र प्रिमियमको अधिकांश भार राज्यले व्यहोर्ने प्रतिबद्धता जनाएको हो।

