नेशनल लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीका सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

