आजदेखि १ सय रुपैयाँका नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषता
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि १ सय रुपैयाँ दरका नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै रु.१०० दरको साविककै आकार तथा रङमा सङ्केत नं. २० ०००००१ देखि ४० ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने...

