यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.९७ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १६७.६५ रुपैयाँ र बिक्रीदर १६८.३५ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.०९ रुपैयाँ र बिक्रीदर १९३.९० रुपैयाँ निर्धारण भएको छ ।

