डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.८३ रुपैयाँ र बिक्रीदर १३७.४३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.५४ रुपैयाँ र बिक्रीदर १३७.१४ रुपैयाँ कायम थियो ।

