राष्ट्र बैंकले २३ दिनका लागि आज बजारबाट ३५ अर्ब झिक्दै
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि बजारबाट ३५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २३ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा बजारबाट पैसा झिक्दै आएको छ...