यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २१ गते)का लागि विदेशी मुद्राका विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४१.०२ रुपैयाँ र बिक्रीदर १४१.६४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७० रुपैयाँ र बिक्रीदर १७०.७४ रुपैयाँ कायम भएको छ ।