यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४२.४६ रुपैयाँ र बिक्रीदर १४३.०६ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १६४.२८ रुपैयाँ र बिक्रीदर १६४.९८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.८४ रुपैयाँ र बिक्रीदर १८७.६२ रुपैयाँ कायम भएको छ ।

