१५% भन्दा बढी एनपीएल हुने लघुवित्तले लाभांश बाँड्न नपाउने, कस्ता संस्थाले दिन पाउँछन् धेरै ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लाभांश वितरणसम्बन्धी सर्कुलर जारी गरेको छ । जसमा १५ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा रहेका संस्थाहरुले लाभांश बाँड्न नपाउने व्यवस्था गरेको छ । लघुवित्त संस्थाहरुले लाभांश घोषणा गर्दा लाभांश वितरणपछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको एनपीएललाई आधार मानेर राष्ट्र बैंकले तोकेको सीमाभित्र रही...

