डलरको भाउ आजपनि बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.८६ रुपैयाँ र बिक्रीदर १४०.४६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.५८ रुपैयाँ र बिक्रीदर १४०.१८ रुपैयाँ कायम थियो ।

