नेपालमा शङ्कास्पद वित्तीय कारोबार वृद्धि
काठमाडौं – नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अनुसार, नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो वर्षको तुलनामा करिब ३०–४० प्रतिशतले वृद्धि भएको छ।प्रतिवेदनमा उल्लेख छ कि वित्तीय जानकारी एकाइले सञ्चालन गर्ने गोएमएल प्रणालीमार्फत प्राप्त सूचनामा उल्लेखनीय वृद्धि भएको छ। गत आवमा १...

