प्रतिनिधिसभा बैठक आज, विभिन्न मन्त्रालयका मौखिक प्रश्नको जवाफ दिइने
काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज मङ्गलबार अपराह्न १ बजे बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकका लागि विभिन्न विषय समेटिएको सम्भावित कार्यसूची तय गरिएको छ।बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

