पर्वतमा कालीगण्डकीको बाढीले ६६ घर बगायो, २३ घर उच्च जोखिममा
काठमाण्डौ । गएरातिदेखि परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतमा ६६ घर पूर्ण रूपमा बगाएको छ। थप २३ घर उच्च जोखिममा रहेका छन्।जलजला गाउँपालिका–८, फर्सेस्थित कालीगण्डकी नदीको बहाव बढेपछि नदी आसपासका घरहरू बाढीको चपेटामा परेका हुन्। बाढीले ६६ घर पूर्ण रूपमा बगाए पनि स्थानीयलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाले मानवीय क्षति हुनबाट जोगिएको छ।

