२० प्रतिशत पनि काम नभएपछि सडकको ठेक्का तोडियो
काठमाडौं । अछामको मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको ठेक्का तोडिएको छ। पटक–पटक ताकेता गर्दा पनि कामले गति नलिएपछि सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का अन्त्य गरेको हो।

