विपद्पछि उद्धार र विद्युत् पुनःस्थापनालाई प्राथमिकता दिँदै उर्जामन्त्री श्रेष्ठले गरे कोरिया भ्रमण रद्द
काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन्। देशमा उत्पन्न प्राकृतिक विपद्का कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्ति नियमित गर्ने कार्यलाई प्राथमिकता दिँदै उनले पूर्वनिर्धारित भ्रमण रद्द गरेका हुन्।भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रका...

