सहकारीमा व्यक्तिगत ५० लाखसम्म निक्षेपको सीमा हटाइयो
काठमाण्डौ । सहकारीमा व्यक्तिगत ५० लाखसम्म बचतको सीमा हटाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेसँगै कार्यान्वयनमा आएको संशोधित सहकारी ऐनमा व्यक्तिगत बचतकर्ताको निक्षेप सीमा हटाइएको हो ।

