श्रम कार्यालयको निर्देशनपछि २४० कर्मचारीलाई चाडपर्व खर्च, मुटु अस्पतालले बुझायो ४२.५४ लाख
काठमाण्डौ । रुपन्देहीको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्चबापत ४२ लाख ५४ हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ।कर्मचारीले चाडपर्व खर्च नपाएको गुनासो गरेपछि श्रम तथा रोजगार कार्यालय बुटवलले असोज ३० गते अस्पताललाई पत्र पठाउँदै श्रम ऐन, २०७४ को दफा ३७ अनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको थियो।

