नौ दिनमै आशा मार्ने बेला होइन, विश्वमा ६९ दिनपछि पनि भएका छन् जीवित उद्धार
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कबीर महर्जनलाई नौ दिनपछि जीवितै उद्धार गरिएको घटनाले विश्वका केही ऐतिहासिक भूमिगत उद्धार अभियानको स्मरण गराएको छ।बाढीले सुरुङको प्रवेशद्वार लेदो, ढुंगा र भग्नावशेषले पुरेपछि उनीहरू बाहिरी संसारसँग सम्पर्कविहीन भएका थिए। उद्धार टोलीले शुक्रबार...

