अब ग्यास बेच्दा भ्याट बिल अनिवार्य, उद्योगलाई आयल निगमको कडा निर्देशन
काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।उद्योगबाट नियुक्त कतिपय बिक्रेताले ग्राहक तथा डिलरलाई बिल नदिएको गुनासो बढेपछि निगमले यस्तो कडाइ गरेको हो।निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्र पठाउँदै बिक्रेतामार्फत हुने ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल...

