गोरखा र धादिङमा बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन हुँदै
काठमाडौं । बुढीगण्डकी र स्यार खोलामा आएको बाढीबाट क्षतिग्रस्त विद्युत् प्रणालीको मर्मत तथा पुनःस्थापनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीव्रता दिएको छ। बाढी प्रभावित धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।

